अरिङ्गालले टाेकेर बालककाे मृत्यु
साङ्केतिक तस्वीर

गुल्मी— अरिङ्गालले टोकेर रुरु गाउँपालिका-१ रिडीका १२ वर्षीय पवन अधिकारीको आइतबार मृत्यु भएको छ । विद्यालयबाट घर फर्किंदै गर्दा उनलाई अरिङ्गालले टोकेको थियो । 

उपचारार्थ पाल्पा अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी मिनबहादुर घलेले जानकारी दिए । गत १२ भदौमा पनि धुर्कोट गाउँपालिका-४ जैसिथोककी विनिता कुँवरको अरिङ्गालले टोकेर मृत्यु भएको थियाे ।

फुपुको घरबाट फर्कने क्रममा अरिङगालले टोकेर घाइते भएकी कुवंरको तीन दिनअघि उपचारको क्रममा मृत्यु भएको स्थानीयले बताएका छन् ।

 





  • प्रकाशित मिति : असोज ५, २०७६ आइतबार २२:४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया