इरानी महिलाले रंगशालामा नै गएर फुटबल म्याच हेर्न पाउने

एजेन्सी— इरानका महिलाले पनि अब फुटबल खेल हेर्न पाउने भएका छन् । अर्को महिना हुने विश्वकप क्वालिफायर खेलबाट नै उनीहरुलाई फुटबल खेल हेर्न दिइने कुरा फिफाले जनाएको हो । 

फिफाका अध्यक्ष जिएन्नी इन्फान्टिनोका अनुसार उनले यस विषयमा इरानका अधिकारीसँग सल्लाह गरिसकेका छन् । यो महिनाको सुरुवातमा नै फुटबल हेर्दाहेर्दै एक महिलाको मृत्यु भएपछि यो विषयमा व्यापक बहस हुन थालेको थियो ।

इन्फान्टिनोले यस विषयमा आफूले इरानी अधिकारीसँग कुरा गरेको र महिलालाई स्टेडियममा नै फुटबल हेर्न दिने विषयमा सल्लाह भएको बताएका छन् । 

सन् १९७९ मा इस्लामिक क्रान्ति भएपछि इरानमा पुरुषहरुले खेल खेलिरहँदा महिलालाई रंगशालामा गएर फुटबल वा अन्य खेल हेर्न प्रतिबन्ध लगाइएको थियो । यो महिनाको सुरुवातमा फुटबलकी फ्यान साहर खोदायारीको फुटबल हेर्न जाँदा नै मृत्यु भएको थियो । खासमा उनी पुरुषको भेसमा रंगशालामा जान लागेकी थिइन् । तर, पक्राउ परेकी थिइन् । पक्राउ परेपछि उनले जेल जान पर्ने हुनसक्ने डरका कारण आफूलाई अदालतको अगाडि आगो लगाएकी थिइन् । उनको अस्पतालमा मृत्यु भएको थियो ।

उनको मृत्युले इरानमा ठूलो बहस सिर्जना गरेको थियो ।

त्यसैले यो विषयमा छलफल गर्न फिफाका अधिकारीहरु इरान पुगेका थिए । १० अक्टोबरमा इरानले कम्बोडियाविरुद्ध खेल्दैछ । फिफा विश्वकप २०२२ का लागि हुने यो खेलमा अब महिलालाई पनि प्रवेश दिइने भएको छ ।



फिफा अध्यक्ष इरानले महिलालाई फुटबल हेर्न दिने भएर ४० वर्षपछि क्रान्ति गर्न लागेको बताएका छन् ।



  • प्रकाशित मिति : असोज ५, २०७६ आइतबार २२:२९:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया