रुपन्देही- डेंगुको संक्रमणबाट सैनामैनामा एक महिलाको मृत्यु भएको छ।
डेंगुको संक्रमण भएकी रुपन्देहीको सैनामैना नगरपालिका–३ मुर्गिया की ५६ वर्षीया शोभा परियारको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा शनिबार मृत्यु भएको अस्पतालले जनाएको छ।
शुक्रबारदेखि ज्वरो आएपछि परियारलाई स्थानीय मेडिकलमा उपचार गरिए पनि सुधार नभएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो।
जिल्लामा डेंगुको संक्रमणबाट दुई साताअघि पनि एक महिलाको मृत्यु भएको थियो।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।