एजेन्सी— गए राति भएको खेलमा रियल मड्रिडले कठिन जित निकालेको छ । सेभिल्लालाई हराउन रियललाई हम्मेहम्मे परेको थियो । तर, अन्ततः उसले सेभिल्लालाई १–० ले हराउन सफल भयो ।
निकै प्रतिस्पर्धात्मक खेलको ६४ औँ मिनेटमा करिम बेन्जिमाले गरेको गोल नै रियललाई जित दिलाउन पर्याप्त रह्यो ।
रियल मड्रिडले ५ खेलबाट ३ जित तथा २ बराबरीसहित ११ अंक जोडेको छ । योसँगै रियल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । एथ्लेटिको विल्भावसँग समान अंक भए पनि गोल अन्तरमा रियलले जितेकाले रियल दोस्रो स्थानमा पुगेको हो । यो हार पछि सेभिल्ला ५ ओैँ स्थानमा झरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।