ट्रम्पविरुद्ध महाभियोग लाग्न सक्छ

एजेन्सी— अमेरिकाको शक्तिशाली हाउस इन्टिलिजेन्स कमिटीका अध्यक्ष एडम शिफले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग लाग्न सक्ने बताएका छन् । उनी र युक्रेनका राष्ट्रपतिबीच भएको फोन वार्तालाई आधार बनाएर ट्रम्पलाई महाभियोग लाग्न सक्ने उनले दाबी गरेका हुन् । 

शिफले यदि राष्ट्रपति ट्रम्पले डेमोक्रेटिक पार्टीका नेता जो वाइडेनविरुद्ध छानबिन गर्न दबाब दिएको खण्डमा उनीविरुद्ध महाभियोग लाग्न सक्ने बताएका हुन् ।

शिफले यो विषयमा पहिले ट्रम्पले सार्वजनिक रुपमा बाहिर भन्नु पर्ने बताएका छन् । तर, यसबारे कुनै पनि विषय ट्रम्प सार्वजनिक गर्न चाहँदैनन् । बरु ट्रम्पले युक्रेनी राष्ट्रपतिसँग वाइडेनको कुरा त गरेको तर उनीमाथि छानबिन गर्ने विषयमा कुनै कुरा नभएको बताएका छन् । 





  • प्रकाशित मिति : असोज ६, २०७६ साेमबार ९:१६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया