एजेन्सी— मनिषा कोइराला बलिउडमा इलुइलु गर्लका रुपमा पनि चिनिन्छिन् । उनले पहिलो पटक ज्याकी श्राफलाई देख्दा चाहिँ नर्भस भएकी थिइन् । सन् १९९१ मा रिलिज भएको फिल्म सौदागरबाट नेपाली मूलकी मनिषा कोइरालाले बलिउडमा डेब्यू गरेकी थिइन् । त्यही फिल्ममा ज्याकी श्राफले पनि काम गरेका थिए ।
लामो समयपछि यी दुईले फेरि भर्खरै रिलिज भएको फिल्म प्रस्थानममा पनि काम गरेका छन् । त्यसैले यो फिल्मको प्रमोसनमा मनिषा व्यस्त छिन् । यही सन्दर्भमा उनले ज्याकीसँगको आफ्नो पहिलो भेटबारे सम्झिएकी छिन् । उनले भनेकी छिन्, ‘म पहिलो भेटमा डराएकी थिएँ । उहाँ साँच्चिकैको स्टार हुनुहुन्थ्यो, म नयाँ थिएँ, त्यसैले पनि म नर्भस भएकी थिएँ ।’
तर, अहिले चाहिँ उनले ज्याकीसँग हुँदा पनि रिल्याकस फिल हुने बताएकी छिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।