मोदीकै अगाडि अमेरिकी सांसदले नेहरुको प्रशंसा गरेपछि...

एजेन्सी— अमेरिकाको टेक्सस राज्यको ह्युस्टन सहरमा भउको हाउडी मोदी कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पूरै छाए । उनलाई त्यहाँ सुन्न ५० हजारभन्दा धेरै मानिस आइपुगेका थिए ।

यो कार्यक्रमको विशेष कुरा चाहिँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नै कार्यक्रममा सहभागी हुनु थियो । मोदी र ट्रम्पले एकअर्काको प्रशंसा कार्यक्रममा निकै गरेका थिए ।

तर, त्यही कार्यक्रममा एउटा समय यस्तो आयो कि महात्मा गान्धी तथा भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरुको पनि नाम लिइयो । 

अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभका नेता डेमोक्रेट सांसद स्टेनी एच होयरले मोदीको स्वागतमा भाषण दिँदा नेहरुको नाम लिएका थिए । 

‘अमेरिकाको जस्तै भारतले पनि आफ्नो परम्परामाथि गर्व गर्छ,’ उनले भनेका थिए, ‘आफ्नो भविष्यलाई भारत गान्धीको शिक्षा तथा नेहरुको सोचमा मिलाएर अगाडि बढाइरहेको छ ।’

यो समयमा मोदी पनि त्यहाँ नै थिए । तर, जब स्टेनीले नेहरुको नाम लिए, यसले त्यहाँको माहोल नै फरक बनाइदियो । यसले सामाजिक सन्जालमा पनि भारतीयहरुको ध्यान खिचेको छ । 



एक भारतीय सामाजिक सन्जाल प्रयोगकर्ताले लेखेका छन्, ‘जब तपाईं प्रचारका लागि लाखौँ खर्च गर्नुहुन्छ तर त्यहाँ आउनेहरु नेहरुलाई सम्झिन्छिन् ।’ अर्का एक प्रयोगकर्ताले व्यंग्य गर्दै अब स्टेनीमाथि कारवाही हुनसक्ने वा प्रवर्तन निदेशालयले पक्राउ नै गर्न सक्नेसमेत उल्लेख गरेका छन् ।



  • प्रकाशित मिति : असोज ६, २०७६ साेमबार १३:५१:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया