एजेन्सी— केन्याको राजधानी नैरोबीमा एउटा स्कुलको कक्षाकोठा भत्किँदा सात विद्यार्थीको मृत्यु भएको छ । अलजजिरामा आएको समाचारअनुसार भवन भत्किँदा कयौँ विद्यार्थी घाइते भएका छन् ।
केन्याको ट्यालेन्ट टप स्कुलको दुई तले भवन बिहान सात बजे भत्किएको थियो ।
‘अहिलेसम्म सात जनाको मृत्यु भइसकेको छ,’ केन्याका रेडक्रसका प्रमुखले भनेका छन्, ‘दर्जनौँ भग्नावशेषमा पुरिएका छन् ।’ भवन भत्किँदा माथिल्लो तलाको कक्षा कोठामा पनि विद्यार्थी रहेको बताइएको छ ।
यो स्कुलमा १४ वर्षमुनिका ८ सयभन्दा धेरै विद्यार्थी रहेको स्कुलले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।