श्रीमतीले आत्महत्या गरेपछि छोरीलाई विष खुवाएर आत्महत्या

कैलाली— कैलालीको गौरीगंगा नगरपालिकामा एक युवाले छोरीलाई विष खुवाएरपछि आफूले आत्महत्या गरेका छन् । यी युवाकी श्रीमतीले केही महिनअघि आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेकी थिइन् । 

कैलाली जिल्ला प्रहरी कार्यालयका अनुसार यसरी आत्महत्या गर्ने युवा रामबहादुर ५ नम्बर वडाका हुन् । उनले ३ वर्षीया छोरी अनुष्कालाई विष खुवाएपछि आफूले पनि आत्महत्या गरेका हुन् । 

यसअघि रामबहादुरकी श्रीमतीले कोठामा झुन्डिएर आत्महत्या गरेकी थिइन् । उनलाई उनका ससुराली पक्षले आत्महत्या दुरुत्साहनमा मुद्दा हालेका थिए । तर, अदालतले रामबहादुरलाई निर्दोष ठहर गरेको थियो । 

रामबहादुरको आत्महत्याबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।





  • प्रकाशित मिति : असोज ६, २०७६ साेमबार १४:४४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया