बढी लिएकाे शुल्क एक महिनाभित्र फिर्ता नगरे मेडिकल कलेजमाथि कारबाही थालिने

काठमाडौं– गृह र शिक्षा मन्त्रालय सरकारले तोकेको सीमाभन्दा बढी शुल्क लिएका मेडिकल कलेजले एक महिनाभित्र शुल्क फिर्ता नगरे कारबाही थाल्ने निष्कर्षमा पुगेका छन् ।

गृहमन्त्री राम बहादुर थापा र शिक्षा तथा विज्ञान–प्रविधि मन्त्री गिरिराजमणि पोखरेलसहित दुई मन्त्रालयका अधिकारीहरुको आज गृहमन्त्रालयमा बसेको बैठकले तोकिएभन्दा माथिको शुल्क एक महिनाभित्र फिर्ता गर्न मेडिकल कलेजहरुलाई सार्वजनिक आह्वान गरेको छ ।

एक महिनाभित्र शुल्क फिर्ता नगरे कारबाही प्रक्रिया अघि बढाउने बैठकले निर्णय गरेको छ । २०७२ सालमा मेडिकल शिक्षाको अधिकतम शुल्क तोकिएयताको अवधिमा मेडिकल कलेजहरुले लिएका थप शुल्क फिर्ता गराउन राजनीतिक र कानुनी दुवै प्रक्रिया अघि बढाउने निष्कर्षमा दुवै मन्त्रालय पुगेको गृह मन्त्रालय स्रोतले बताएको छ । 

सरकारले एमबिबिएस अध्ययनका लागि काठमाडौं उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ५० हजार रुपैयाँसम्म शुल्क लिन पाउने तोकेको छ ।





  • प्रकाशित मिति : असोज ६, २०७६ साेमबार १९:३०:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया