पिसाब पाेल्छ ?

शरीरमा रहेका विषाक्त पदार्थ पिसाबको माध्यमबाट बाहिर निस्कन्छन् । पिसाब पोल्नु र पिसाब गर्दा पीडा हुनुजस्ता समस्याले अन्य धेरै रोगको संकेत गर्छ । पिसाब पोल्ने समस्या भएमा मूत्राशयमा पीडा हुने, पिसाब दुर्गन्धित हुने, पिसाबको रङ गाढा पहेँलो हुने, थोरै–थोरै पिसाब पटक–पटक आउनेजस्ता समस्या हुने गर्छन् । पुरुषको तुलनामा महिलामा पिसाब पोल्ने समस्या बढी हुन्छ । पाठेघरको मुख र मूत्रनलीजस्ता अंग एउटै ठाउँमा हुने भएकाले संक्रमण छिटै फैलिन्छ ।     
कारण

  •  सामान्यतया शरीरमा पानीको मात्रा कम भएमा पिसाब पोल्छ । जस्तै, गर्मी याममा शरीरबाट पानी अन्य माध्यमबाट पनि बाहिर जान्छन् । यसले गर्दा शरीरबाट विषाक्त वस्तु बाहिर ल्याउन प्रशस्त पानी चाहिन्छ । 
  •  विभिन्न संक्रमणका कारण पनि पिसाब पोल्ने समस्या हुन सक्छ । पिसाबथैलीमा पत्थरी हुनु पिसाब पोल्नुको मुख्य कारण हो । त्यस्तै, मिर्गाैलामा पत्थरी, मधुमेह, मेरुदण्डमा चोट र कलेजोसम्बन्धी समस्या हुँदा पनि पिसाब पोल्ने समस्या हुन्छ ।  
  •  कतिपय अवस्थामा शरीरबाट पिसाब पूर्ण रूपमा बाहिर नआउँदासमेत पिसाब पोल्ने गर्छ । विभिन्न कारणले पटक–पटक पिसाब लागे पनि त्यसले पूर्णता पाउँदैन । पिसाबथैलीमा मासु पलाएमा पनि पिसाब पोल्ने वा दुख्ने हुन्छ । 

उपचार

  •  शरीरमा पानीको मात्रा कमी हुन दिनुहँुदैन । यदि, कुनै रोगका कारण पिसाब पोल्ने समस्या भएको हो भने सम्बन्धित रोगको उपचार गर्नुपर्ने हुन्छ । 
  •  पिसाब पोल्ने समस्या कुनै जटिल रोगको लक्षण हुन सक्ने भएकाले समयमै उपचार गर्नुपर्छ । अन्यथा पिसाब पोल्ने समस्या पछि गएर जटिल रोग बन्न सक्छ । 




  • प्रकाशित मिति : असोज ६, २०७६ साेमबार २१:५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया