इन्डाेनेसियाकाे आकाश रगतजस्तै राताे

एजेन्सी– इन्डोनेसियाको एउटा प्रान्तको आकाशले अहिले सामाजिक सन्जालमात्र होइन, अन्तर्राष्ट्रिय सन्चारमाध्यमको पनि ध्यान तानेको छ । यसको कारण हो, त्यहाँको आकाश रातो देखिनू । मानौँ, यो मंगल ग्रह हो, जसको ‘वायुमण्डल’ नै रातो हुने मानिएको छ ।

इन्डोनेसियाको जाम्बी प्रदेशको आकाशको घटना हो यो । त्यहाँको तस्वीर लिएकी एक बासिन्दाले भनेकी छिन्, आकाशमा रातो कुहिरो लागेकाले उनको आँखा र घाँटीमा निकै पोल्न थालेको छ ।

त्यसो त वर्षेनी इन्डोनेसियाको दक्षिणपूर्व भागमा यस्ता दृश्य देख्न सकिन्छ । यस्तो किन हो भने यो क्षेत्रमा वर्षेनी ठूला आगलागीका घटना भइरहेका हुन्छन् । आइतबार दिउँसो जाम्बी प्रदेशको मेकर सारी गाउँमा इका वुलान्दारीले खिचेका तस्वीरहरुमा देख्न सकिन्छ कि त्यहाँको आकाशमा रगतजस्तै रातो हावा उडिरहेको छ । 

२१ वर्षे इकाले यी तस्वीरहरु उनको फेसबुकमा राखेकी छिन् । यी तस्वीरहरु ३४ हजारपटक भन्दा धेरै सेयर भएका पनि छन् । 

तर, उनले बिबिसीको इन्डोनेसियन संस्करणसँग कुरा गर्दै मानिसहरुले यी तस्वीरहरुबारे आशंका गरेको पनि बताएकी छिन् । ‘यी तस्वीर साँच्चिकैका तस्वीर हुन्, मैले आफ्नै मोबाइलबाट खिचेकी हुँ,’ उनले भनेकी छिन् । 



त्यसो त त्यही क्षेत्रका अन्य सामाजिक सन्जाल प्रयोगकर्ताले पनि ठ्याक्कै त्यस्तै देखिने भिडियोहरु पोस्ट गरेका छन् । ‘यो मार्स होइन,’ एकजनाले लेखेका छन्, ‘यो जाम्बीको आकाश हो । हामीलाई स्वच्छ हावा चाहिन्छ ।’



  • प्रकाशित मिति : असोज ६, २०७६ साेमबार २२:३९:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया