गाउँपालिका अध्यक्षले भने– शिक्षित बेरोजगार युवा भारतीय सेनामा भर्ती हुन जानू
गाेरखा धार्चे गाउँपालिकाका अध्यक्ष सन्ताेष गुरुङ

काठमाडौं– केन्द्र सरकारले जतिसक्दो धेरै रोजगारी नेपालमा सिर्जना गर्ने र विदेशिने युवाहरुलाई नेपालमा नै रोजगारी दिने विभिन्न नारा समयसमयमा ल्याउँदै आएको छ । अर्कोतिर, गाउँपालिका अध्यक्ष नै बेरोजगार युवालाई रोजगारीका लागि भारतीय सेनामा भर्ती हुन जानु भन्ने सूचना दिइरहेका छन् ।

प्रसङ्ग हो, गोरखाको धार्चे गाउँपालिकाको । धार्चे गाउँपालिकाका अध्यक्ष हुन्, नेपाली कांग्रेसका सन्तोष गुरुङ । 

गुरुङले सोमबार साँझ फेसबुकमा एउटा स्टाटस राखेका छन् । जसमा उनले भारतीय सेनामा भर्ती खुल्दै गरेको उल्लेख गर्दै शिक्षित बेरोजगार युवालाई त्यहाँ जान सुझाएका छन् । र, भारतीय सेनामा भर्ती खुलेको कुरालाई उनले सुनौलो खबर भनेर उल्लेख गरेका छन् ।

गुरुङले स्टाटस लेखेका छन्– शिक्षित बेरोजगार युबाको निम्ति सुनौलो खबर, आगामि कार्तिक ११ गते पोखरा स्थित जिप्रकाको प्राङ्गणमा इण्डियनआर्मिमा भर्ति खुल्दैछ !

गुरुङको यो स्टाटसमा केही समयमा नै निकै धेरै प्रतिक्रिया आएका छन् । तीमध्ये अधिकांश उनको यो पोस्टको विरोधमा लेखिएका छन् । छम गुरुङले लेखेका छन्– भनेपछि अब युवा बेच्ने या गल्लावाल... स्वदेशमै राज्यलाभांश र सरकारी संयन्त्रमा लगाउनुपर्नेमा.. दुखद् कुरा ।



केहीले त गाउँपालिका अध्यक्ष गुरुङलाई यो पोस्ट हटाउन पनि सुझाएका छन् । कतिले उनलाई पदीय मर्यादा ख्याल गर्न सचेत गराएका छन् । गुरुङ स्वयंले दुई चारवटा नकारात्मक कमेन्ट आएपछि यो सूचना भूपू गोर्खा सैनिकले प्रचारप्रसार गरिदिनु भनेकाले राखेको उल्लेख गरेका छन् ।



  • प्रकाशित मिति : असोज ६, २०७६ साेमबार २३:१८:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया