महिलामात्र बस्ने एउटा गाउँ- जिन्वार

एजेन्सी– महिलामात्र बस्ने ठाउँमा विश्वको कुनै कुनामा छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर महिलालाई स्वतन्त्रता प्रदान गर्ने उद्देश्यले उत्तरी सिरियाको कर्दिस क्षेत्रमा महिला मात्रै बसोबास गर्ने एउटा गाउँको निर्माण भएको छ । जसलाई जिन्वार भनेर चिनिन्छ । 

जिन्वार बस्तीलाई हातहतियारयुक्त महिलाहरुले सुरक्षा दिन्छन् । पुरुषहरुले बस्ती अवलोकन गर्न पाउँछन् तर त्यहाँ बस्न पाउँदैनन् । 

जिन्वार गाउँमा बस्दै आएकी अमिरा महाब्बत भन्छिन् ‘मैले टेलिभिजनबाट यस गाउँको बारेमा थाहा पाएकी हुँ । महिलाहरुबाट यस्तो पनि सम्भव होला र ? मैले आफैलाई सोधेँ उनीहरु पुरुषबिना कसरी यहाँ रोकिए ? तर यहाँ बसेपछि महिलाहरु बच्चा हुर्काउन एक्लै सवल र सक्षम छन् भन्ने महसुुस भयो ।  

गाउँकी स्थानिय फातिमा अमिनका अनुसार सन् २०१७ मार्च १० बाट बस्ती निर्माण सुरु गरिएको हो । २०१८ नोभेम्बर २५ मा निर्माण सम्पन्न भयो । गाउँमा जम्मा तीसवटा घरहरु छन् । सातवटा घरहरु बस्तीबाट केही पर छन् । गाउँमा केही परिवार द्धन्द्ध पीडित र एकल महिला पनि छन् । 

जिन्वार गाउँको मुख्य उद्देश्य ती महिलाहरुलाई स्वतन्त्रता प्रदान गर्नु हो, र उनीहरुलाई परिवार र समाजमा रहन दिनु हो ।

बस्ती निर्माण गर्ने महिलालाई क्रान्तिकारी भनेर चिनिन्छ । समाजमा महिलाको सामुहिक भूमिका निर्माण गर्नु गाउँको लक्ष्य रहेको छ । जसले महिलाको स्वतन्त्रतालाई सिमित र नियन्त्रण गर्न चाहन्छ, उनीहरुका लागि यो बस्ती एक जवाफ बन्न सक्छ ।



गाउँमा सबैका लागि सामूहिक भान्सा छ, एउटा स्कुल, अस्पताल र पसल पनि महिलाहरुले सञ्चालन गरेका छन् । महिलालाई सशक्त बनाउनु, आत्मनिर्भर बनाउनु र उनीहरुमा चेतना फैलाउनु शैक्षिक संस्थाको उद्देश्य रहेको छ ।   
 



  • प्रकाशित मिति : असोज ६, २०७६ साेमबार २३:५७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया