फैलिँदै स्क्रब टाइफस, सबैभन्दा धेरै संक्रमित सुदूरपश्चिम प्रदेशमा

काठमाडाैं— साउनयता स्क्रब टाइफस भएर अस्पताल पुग्ने बिरामीको संख्या ६ सय ९५ पुगेको छ । दुई महिनायता ६१ जिल्लामा स्क्रब टाइफस देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

सबैभन्दा बढी डडेल्धुरामा ६१ जनामा यसको संक्रमण देखिएको छ । सरकारी तथ्यांकअनुसार विगत चार वर्षमा स्क्रब टाइफसका कारण ३५ जनाको मृत्यु भइसकेको छ । यस वर्ष मात्रै तीनजनाको ज्यान गएको पाण्डेले जानकारी दिए ।

स्क्रब टाइफस लाग्ने मौसम भएकाले संक्रमितको संख्या बढ्दै जान सक्ने चिकित्सकहरूको भनाइ छ ।

स्क्रब टाइफस ‘रिकेटेसिया सुसुगामुसी’ नामक जीवाणुबाट संक्रमित किर्नाले सार्छ । यो किरा खासगरी खेतबारी, झाडीमा बस्ने मुसामा पाइन्छ । संक्रमित किराले टोकेपछि मानिसमा यो रोग सर्छ । किरा ०.२ मिलिमिटरदेखि ०.४ मिलिमिटर लामो हुन्छ । यसलाई सूक्ष्मदर्शक यन्त्रद्वारा मात्र देख्न सकिन्छ । किराले एक व्यक्तिबाट अर्को व्यक्तिमा सार्छ, तर संक्रमित मानिसबाट मानिसमा भने यो रोग सर्दैन । 

स्क्रब टाइफसको उचित निदान नभए दीर्घकालीन रूपमा बिरामीको श्रवण क्षमता गुम्ने, न्यून रक्तचाप, मिर्गौला फेल, निमोनिया, ब्याक्टेरियल संक्रमण, छारेरोग, मासु कुहिनेलगायत समस्या देखिन्छ । चिकित्सकहरूले उपियाँ वा सुलसुलेजस्ता किराबाट पनि टाइफस हुन सक्ने बताएका छन् । स्क्रब टाइफस शरीरमा फैलिएपछि फोक्सो, कलेजो, मस्तिष्कमा समेत संक्रमण हुन थाल्ने उनीहरूको भनाइ छ ।

रोग कसरी थाहा पाउने ?
धेरै टाउको दुख्यो, सास फेर्न गाह्रो भयो, १०३ देखि १०४ डिग्रीसम्म ज्वरो आयो, जिउ दुख्यो, आँखा हल्का रातो भयो, पसिना बढी आयो, शरीरमा राता दाग देखा परे भने स्क्रब टाइफस भएको अनुमान गर्न सकिन्छ । 



अहिलेसम्म स्क्रब टाइफसका बिरामी प्रदेश १ मा  १८, प्रदेश २  मा  २२, प्रदेश ३ मा  २०४, गण्डकी प्रदेशमा  ५१, प्रदेश ५ मा  २३७, कर्णाली प्रदेशमा ८, सुदूरपश्चिम प्रदेशमा १५५ जना पुगेका छन् ।



  • प्रकाशित मिति : असोज ७, २०७६ मंगलबार ११:५१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया