प्युठान— नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपाले जनतालाई झुक्याएर दुईतिहाइ बहुमत ल्याएको आरोप लगाएका छन् । सोमबार कांग्रेसले सञ्चालन गरेको दोस्रो चरणको जनजागरण अभियानको प्यूठानमा समापन गर्दै नेता पौडेलले दुईतिहाइको नेकपा सरकारका कार्यकर्ताले मिठा कुरा गरेर बहुमतमा भए पनि केही काम गर्न नसकेको आरोप लगाएका हुन् ।
लोकतन्त्रवादी, समाजवादी, जनवादी र हितेसी बुन्दै सत्तामा पुगेको नेकपाको सरकारले नेपालमा भइरहेका आन्दोलनलाई प्रतिबन्ध लगाएको उनले बताए । जनतालाई तानासाहीमा पुर्याउने र सत्ताको भोग गर्ने पार्टीसमेत नेकपा भएको उनले आरोप लगाए ।
वरिष्ठ नेता पौडेलले नेकपाका कार्यकर्ताले राज्यको सुविधा दुरुपयोग गरेको आरोप बताए । दुई वर्ष बित्दासमेत दुईतिहाइको सरकारले जनताले देख्न गरी काम गर्न नसकेको उनले आरोप लगाए । उनले भने, ‘नेकपाका नेताले राम्रो घर, राम्रो गाडी र राम्रो खानामै ध्यान दिएका छन् ।’
जागरण अभियानको समापन कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पाखरेलले नेकपाको सरकारले गरिब जनतालाई चुसेर देशको विकास गर्न खोजेको आरोप लगाए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।