करिनाले कसरी मेन्टेन गर्छिन् आफूलाई ?

एजेन्सी— बलिउड अभिनेत्री करिना कपुर खान ३९ वर्ष पुगिसकिन् । तर, उनले आफ्नो शरीरलाई यस्तो बनाएकी छिन् मानौँ उनी भर्खर टिनएज सकिएर अर्को वर्षमा यात्रा गरिरहेकी छिन् । त्यसैले पनि होला, करिनालाई बलिउडमा फिट र सुन्दर अभिनेत्रीका रुपमा चित्रण गरिन्छ । 

यसको हुनुको पछाडि चाहिँ उनको सकारात्मक सोच्ने बानी हो । जब मानिसले जीवनप्रति स्वस्थ दृष्टिकोण राख्छ, तब उसको जीवनमा सौन्दर्यको बहार आउँछ । सकारात्मक सोचले अभ्यासमा पनि सहज बनाउने विश्वास गरिन्छ । 

त्यस्तै, आफ्नो जिरो फिगर बनाउनका लागि करिना सधैं योगा गर्छिन् । उनी सूर्य नमस्कार, अष्टाङ्ग योगलगायतका योगहरु कहिल्यै पनि छुटाउँदिनन् । 

करिनाले आफूलाई हेल्दी राख्नुको अर्को राज चाहिँ उनी शाकाहारी हुनु पनि हो । उनी आफूले खाने खानाको विषयमा निकै सचेत छिन् । उनी रोटी औधी मन पराउँछिन् र त्यही अनुसार आफ्नो खानाको व्यवस्थापन पनि गरेकी हुन्छिन् ।





  • प्रकाशित मिति : असोज ७, २०७६ मंगलबार १५:५:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया