यू–१८ साफ च्याम्पियनसिप फुटबलमा समूह चरणबाटै बाहिरियो नेपाल

काठमाडौं । हलचोकस्थित एपीएफ मैदानमा भएको यू–१८ साफ च्याम्पियनसिप फुटबलमा नेपाल समूह चरणबाटै बाहिरिएको छ ।

मंगलबार समूह ‘ए’ को अन्तिम खेलमा भुटानले माल्दिभ्ससँग गोलरहित बराबरी खेलेपछि डिफेन्डिङ च्याम्पियन नेपाल समूह चरणबाटै बाहिरिएको हो ।

भुटानले माल्दिभ्सलाई ३–० गोलअन्तरले पराजित गरेको अवस्थामा मात्रै नेपाल सेमिफाइनल पुग्ने थियो । तर, यी दुई टिमले बराबरी खेलेसँगै भुटान समूह विजेता र माल्दिभ्स उपविजेता हुदै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

भुटानले दुई खेलबाट चार अंक जोडेको छ भने माल्दिभ्सले दुबै खेल बराबरी खेल्दै दुई अंक जोड्यो । नेपालले भने माल्दिभ्ससँग १–१ को बराबरी खेलेको थियो भने भुटानसँगको खेल ३–० ले गुमाएको थियो ।

भुटानका लागि यो हालसम्मकै ठूलो उपलब्धि हो । भुटान यसअघि कुनै पनि प्रतियोगितामा समूह चरणबाट अघि बढ्न सकेकोको थिएन ।  

यू–१८ साफ च्याम्पियनसिपको सेमिफाइनल बुधबार पूरा हुँदै छ । समूह ‘बी’ को समूह चरणको अन्तिम खेलमा भोलि भारत र  श्रीलंका दिउँसो ३ बजे प्रतिस्पर्धा गर्दै छन्  ।





  • प्रकाशित मिति : असोज ७, २०७६ मंगलबार १७:४५:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया