काठमाडौं— कृषि विकास बैंकको लहान शाखाबाट पैसा ट्रान्सफर गरेर करोड ५० लाखभन्दा धेरै लुटपाट गरेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार राति अबेरसम्म प्रहरीले उनीहरुलाई काठमाडौं र काठमाडौं बाहिरबाट नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार कृषि विकास बैंकको केन्द्रीय शाखामा लहान शाखाबाट कम्तिमा पनि १ करोड ५३ लाख रुपैयाँ ट्रान्स्फर गरि एटिएमबाट निकालिएको थिये ।
पक्राउ पर्नेमा काठमाडौंका सुजन कार्की, निमा तामाङ, सञ्जय घले, विद्या सागर, नुवाकोटका लेमान तामाङ, लक्ष्मी तामाङ रहेका छन् । प्रहरीका अनुसार तीन करोड रुपैया ट्रान्सफर भएको देखिएको छ ।
बैंकको सिस्टम ह्याक कसरी भयो भन्ने विषयमा कृषि विकास बैंक केन्द्रीय कार्यालयले विज्ञको टोली खटाएर अनुसन्धान गरिरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।