हाम्राे पार्टी निरंकुशताकाे पक्षमा छैन: माधवकुमार नेपाल

काठमाडाैं— सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पार्टी कुनै पनि खालको निरंकुशताको पक्षमा नरहेको बताएका छन् । 

नेकपाका विदेश विभाग प्रमुखसमेत रहेका वरिष्ठ नेता नेपालले लोकतन्त्रको सर्वोच्चतम विधि निर्वाचनमार्फत् दुई तिहाई बहुमत ल्याएर सरकारको नेतृत्व गरिरहेको आफ्नो पार्टी निरंकुश हुन्छ कि भनेर हौवा नफिजाउन अन्य राजनीतिक दलहरुलाई चेतावनी दिए । पार्टी विदेश विभागले आयोजना गरेको ‘कम्युनिस्ट पार्टीहरुको एशीया प्रशान्त क्षेत्रीय सम्मेलन’ को बुधबार काठमाडौंमा उद्घाटन गर्दै उनले जनताले सर्वाधिक रुचाएकाले नेपाल कम्युनिस्ट पार्टी नेपालमा लोकप्रिय हुन पुगेको स्पष्ट पारे । 

वरिष्ठ नेता नेपालले नेपालको राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पक्षमा सति सालभैm उभिएर काम गरेकाले विश्वमा आफ्नो पार्टीले निर्वाचनको माध्यामबाट जनताको विश्वास लिएर शासन सत्ता संचालन गर्ने मौका पटकपटक पाउने गरेको बताए ।





  • प्रकाशित मिति : असोज ८, २०७६ बुधबार १३:१:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया