सरकारले चिनियाँ राजनीति नेपालमा भित्र्याउन खोजेको कांग्रेसकाे आरोप

चितवन– नेपाली कांग्रेसका प्रमुख सचेतक एवं केन्द्रीय सदस्य बालकृष्ण खाँणले चीनको जस्तो सत्ता नेपालमा स्वीकार्य नहुने बताएका छन् । प्रेस युनियन चितवनले मंगलबार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपाली जनताले कम्युनिस्ट शासन ल्याउन भोट नहालेको बताए । नेपालको संविधानमा बहुल पार्टी हुने उल्लेख भएको भन्दै उनले चीनमा जनताले मतदान गर्न नपाउने बताए ।

सरकारले चिनियाँ राजनीति नेपालमा भित्र्याउन खोजेको आरोप लगाउँदै उनले चिनियांँ राजनीति भित्र्याए स्वयं कम्युनिस्टलाई नै घातक हुने बताए । उनले भने, ‘संसारमा चीनको जस्तो शासन कहीँ पनि छैन । चीनमा एक मात्र चिनियाँ कम्युनिस्ट पार्टी छ जसले लोकतन्त्रलाई कदापि स्विकार्दैन ।’ 

सरकारले मिडियालाई अंकुशमा राख्न मिडिया विधेयक पास गर्न खोजेको भन्दै आरोपले जस्ताको तस्तै विधेयक पास गर्न नदिने खाँणले बताए । पत्रकारिता स्वतन्त्र र सबल रहेको देशमा लोकतन्त्र पनि बलियो रहने भन्दै उनले लोकतन्त्रको रक्षा र स्वतन्त्र पत्रकारिताको पक्षमा नेपाली आरोप रहेको उनले बताए ।

आरोपले देशव्यापी रूपमा दोस्रो राष्ट्रिय जागरण अभियान उत्साहजनक रूपमा सफल पारेको भन्दै उनले अब स्थानीय तहसम्म पुग्ने गरी तेस्रो जागरण अभियान छिट्टै सुरु गरिने बताए । नेता खाँणले कालीगण्डकी डाइभर्सन गरेर सबै पानी तिनाउमा लान नखोजेको भन्दै यसले प्रभाव पार्ने नपार्ने विषयमा अध्ययन भइरहेको बताए ।

प्राकृतिक स्रोत भएका ठाउँबाट नभएका ठाउँमा लैजानु सामान्य भए पनि त्यसले प्रभाव पार्ने देखिएमा विचार गर्नुपर्ने उनको भनाइ थियो । 





  • प्रकाशित मिति : असोज ८, २०७६ बुधबार १५:४३:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया