जनकपुर— जनकपुरमा डकैती गर्न खोज्दाखोज्दै चार जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार विहान साढे तीन बजे उनीहरु पक्राउ परेका हुन् । उनीहरुले जनकपुर उपमहानगरपालि कार्यालय छेउमा रहेको एक फर्निसिङ पसलमा चोरी गर्न खोजिरहेका थिए ।
प्रहरीका अनुसार भारतका मोहम्मद इलियस, मुजिर अन्सारी र रौतहटका गगन पटेल र विनोप्रसाद सिंहलाई पक्राउ गरिएको हो ।
सो स्थानमा गस्तीमा रहेको प्रहरीले ती डाँकाहरुलाई ताला फोड्न खोजिरहेको अवस्थामा पक्राउ गरेको हो । प्रहरीलाई देखेपछि उनीहरुले कटुवा बन्दुक देखाएर तर्साउन खोजेका थिए । प्रहरीले तत्कालै हवाइ फायर गर्नु परेको थियो ।
प्रहरीले तीन राउन्ड गोली चलाएर ती डाँकाहरुलाई पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताएका छन् । प्रहरीको गोली लागेर विनोद घाइते पनि भएका छन् । उनको उपचार जनकपुर अन्चल अस्पतालमा भइरहेको छ । —रासस
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।