अमेरिकामा सवारी दुर्घटनामा दुई नेपालीको मृत्यु

बोस्टन— अमेरिकामा मंगलबार र बुधबार भएका सवारी दुर्घटनामा दुई नेपालीको मृत्यु भएको छ । 

बुधबार केन्टकीमा भएको दुर्घटना र मंगलबार पेन्सलभेनियामा भएको दुर्घटनामा दुई नेपालीले ज्यान गुमाएका हुन् । केन्टकीमा नेपालबाट छोरीज्वाइँ भेट्न र घुम्न अमेरिका पुगेका विष्णुप्रसाद सापकोटाको निधन भएको हो । ५८ वर्षीय सापकोटा बाटो छेउमा हिँडिरहँदा एक गाडीले ठक्कर दिएको थियो ।

उनी महोत्तरीका हुन् । छोरीज्वाइँ भेट्न उनी ३ साताअघि मात्र अमेरिका पुगेका थिए । गाडीको ठक्करबाट गम्भीर घाइते उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

त्यस्तै, मंगलबार दुर्घटनामा परी नेपालीभाषी कर्णबहादुर सुवेदीको मृत्यु भएको हो । उनलाई पनि बाटो काट्दा गाडीले ठक्कर दिएको थियो । ६१ वर्षीय सुवेदी भुटानी शरणार्थीको पुनर्वास योजनाअनुसार सन् २०१२ मा अमेरिका पुगेका थिए ।





  • प्रकाशित मिति : असोज ९, २०७६ बिहीबार ८:३९:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया