शिल्पाको कमब्याक

एजेन्सी— बलिउडमा निकै चर्चित अभिनेत्री हुन् शिल्पा सेट्टी । उनी ठूलो पर्दामा नदेखिएको चाहिँ केही समय भइसकेको थियो । तर, अब ठूलो पर्दामा उनलाई मन पराउने दर्शकका लागि खुसीको खबर छ । उनी फिल्म ‘निकम्मा’बा बलिउड फिल्ममा फर्किँदै छिन् ।

यो फिल्ममा समिर सोनीले शिल्पाका पतिको भूमिका निर्वाह गर्दैछन् । समिरले यसबारे पनि भारतीय मिडियासँग कुरा गरेका छन् । ‘मैले शिल्पासँग धेरै पटक भेटेको छु,’ उनले भनेका छन्, ‘शिल्पाले मलाई समयसमयमा सहयोग गर्दै पनि आएकी छिन् ।’

समिरले अहिले अर्को फिल्म ‘मुम्बई सागा’मा काम गरिरहेकाले शिल्पाको कमब्याकवाला फिल्म चाहिँ केही समयपछि सुटिङ हुँदैछ । ‘उनीसँग काम गर्ने कुराले म उत्साहित छु,’ समिरले भनेका छन् ।





  • प्रकाशित मिति : असोज ९, २०७६ बिहीबार ९:२२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया