नेपालका राजदूतद्वारा बहराइनीलाई नेपाल भ्रमणको निम्ता

काठमाडौं– बहराइनका लागि नेपालका राजदूत पदम सुन्दासले  संविधान दिवस एवं राष्ट्रिय दिवसको अवसरमा नेपाली राजदूतावास मनामा, बहराइनद्वारा आयोजित कार्यक्रममा बहराइनीलाई नेपाल भ्रमणको निम्ता गरेका थिए ।

बहराइन सरकारका परराष्ट्र सचिव डा. सैखा राना विन्ट लसा अल खलिफाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा बहराइन सरकारका उच्चपदस्थ अधिकारी, बहराइनस्थित विभिन्न मुलुकका राजदूत तथा पदाधिकारी, अन्तरराष्ट्रिय संघ–संस्थाका पदाधिकारी, व्यवसायी, पत्रकार, गैरआवासीय नेपाली संघ बहराइन एवं बहराइनमा रहेका नेपाली संघ–संस्थाका प्रतिनिधि तथा प्रबुद्ध व्यक्तिको उपस्थिति रहेको  मनामास्थित नेपाली राजदूतावासले जनाएको छ ।

शुभकामना आदानप्रदानपश्चात् बहराइन अधिराज्यमा पहिलोपटक पञ्चेबाजा, म‌गलधुनको प्रस्तुतिसँगै नेपाली मौलिकता झल्कने मारूनी नाच, थारू नाचलगायत अन्य प्रस्तुति भएको थियो ।





  • प्रकाशित मिति : असोज ९, २०७६ बिहीबार १५:३२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया