काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको टी ट्वान्टी क्रिकेटको नयाँ वरीयतामा नेपालका कप्तान पारस खड्का २७औँ स्थानमा छन् ।आइसिसीले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा कप्तान खड्कासँगै वसन्त रेग्मी र सोमपाल कामी पनि परेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रहेका उनी अलराउन्डरतर्फ २७औँ स्थानमा यथावत् रहेका हुन् ।
कप्तान खड्काले ९० रेटिङ अंक पाएका छन् । उनी दुई महिनाअघि २५औँ स्थानमा थिए । त्यस्तै, ब्याटिङतर्फ भने कप्तान खड्का ६६औँ स्थानमा छन् । बलिङमा नेपाली टोलीका सदस्य रेग्मी ४ सय ११ रेटिङ पाउँदै ७३औँ स्थानमा पुगेका छन् भने कामी ३ सय ९१ रेटिङ पाउँदै ७८औँ स्थानमा झरेका छन् । त्यस्तै, अलराउण्डरतर्फ सोमपाल ६७औँ स्थानमा यथावत् रहेका छन् ।
उनले ४९ रेटिङ अंक पाएका छन् । आइसिसीको टोलीमा टी ट्वान्टी वरीयतामा नेपाल ११ औँ स्थानमा यथावत् रहेको छ भने एक दिवसीय वारियतामा नेपाल १७ औँ स्थानमा रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।