पाकिस्तानी विदेशमन्त्रीले गरे भारतीय विदेशमन्त्रीलाई बहिष्कार

काठमाडौं— पाकिस्तानी विदेशमन्त्रीले भारतीय विदेशमन्त्रीलाई बहिष्कार गरेका छन् । यो न्युयोर्कको प्रसंग हो । न्युयोर्कमा भएको सार्क विदेशमन्त्रीको बैठकमा पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरैशी त्यति बेलासम्म गएनन् जतिबेलासम्म त्यहाँ भारतका विदेशमन्त्री एस जयशंकर थिए ।

जब बैठकबाट भारतीय विदेशमन्त्री एस जयशंकर निस्किए, तबमात्र त्यहाँ पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरैशी पुगे । अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुका अनुसार त्यहाँ पुगेका कुरैशीले भनेको पहिलो वाक्य थियो– के तपाईंहरुलाई लाग्छ कि म कश्मिरको कसाईसँग बस्नेछु ?

उता, बैठकमा त्यसअघि नै जयशंकरले पाकिस्तान भारतका लागि अत्यन्त चुनौतिपूर्ण छिमेकी भएको बताएका थिए । ‘भारत यस्तो छिमेकीसँग कुनै वार्ता वा कुरा गर्न सक्दैन जो आतंकवादलाई आफ्नो हतियार बनाइरहेको छ ।’ उनले पाकिस्तानसँग भारतले क्रिकेट खेल्ने सम्भावना कुनै पनि हालतमा नरहेको पनि बताएका छन् । 

यो बैठकमा नेपालबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सहभागिता जनाएका थिए । यो अनौपचारिक बैठकमा भारत, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, भुटान, बंगलादेश र अफगानिस्तानका परराष्ट्रमन्त्री सहभागी थिए । बैठकमा सार्कको रोकिएको शिखर सम्मेलन सुचारु गर्नेबारे छलफल भएको थियो ।





  • प्रकाशित मिति : असोज १०, २०७६ शुक्रबार ९:७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया