आगामी आइतबारदेखि काठमाडौंमा १० चक्के सवारी प्रवेशमा रोक

काठमाडौं– आगामी आइतबारदेखि काठमाडौंमा १० चक्के सवारीसाधन प्रवेशमा गर्न नपाउने भएका छन् । यातायात व्यवस्था विभागले ठूला मालवाहक सवारीसाधनलाई काठमाडौं प्रवेशमा रोक लगाएका कारण त्यस्ता साधन काठमाडौं प्रवेश गर्न नपाउने भएका हुन् ।  

तर, सो नियम सधैँका लागि भने लागू हुने छैन । १२ गते आइतबारदेखि १८ गतेसम्मका लागि १० चक्के र सोभन्दाका माथिका सवारीको आगमनमा रोक लगाइएको यातायात व्यवस्था विभागले जनाएको छ । 

विभागका अनुसार त्यस्ता सवारीसाधनलाई चितवनको नारायणघाटमै रोकिनेछन् । यद्यपि, आवश्यक खाद्यान्न सामग्री, कपडा, औषधि, तरकारीलगायत सामग्री बोकेका सवारी भने भित्रिन पाउनेछन् ।

दसै‌ँका वेला काठमाडौ‌ बाहिर जाने र आउने यात्रुलाई सहज होस् भन्ने उद्देश्यले विभागले यस्तो निर्णय गरेको हो । 





  • प्रकाशित मिति : असोज १०, २०७६ शुक्रबार १६:३३:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया