नाइजेरियामा यातना गृहबाट सयौँ छुटाइए

एजेन्सी— नाइजेरियन प्रहरीले एक यातना गृहबाट कम्तिमा पनि पाँच सय जना मानिसहरुलाई छुटाएका छन् । यो घटना नाइजेरियाको उत्तरी सहर कादुनाको हो जहाँ यी व्यक्तिहरुलाई यातना दिएर राखिएको थियो ।

एउटा इस्लामिक स्कुलबाट छुटाइएका उनीहरु केहीलाई हात र खुट्टामा साङ्लोले बाँधेर राखिएको थियो ।

कादुनाका प्रहरीले विभिन्न सन्चारमाध्यमलाई त्यो इस्लामिक स्कुललाई यातना गृहको संज्ञा दिएका छन् । उनले त्यहाँ पाँच वर्षदेखिका युवाहरुलाई राखिएको जनाएका छन् ।

त्यहाँबाट छुटेका पीडितहरुले उनीहरुमाथि बारम्बार यौन तथा अन्य आक्रमण हुने गरेको, खाना नदिइएको र त्यहाँबाट बाहिर निस्कन पनि नदिइएको बताएका छन् । केहीले त आफू त्यो यातना गृहमा बन्दी बनाइएको केही वर्ष भइसकेको जनाएका छन् । 

तर, यी सबै नाइजेरियाली मात्र छैनन् ।

प्रहरीले उनीहरुसँगै आठ जना त्यहाँका शिक्षकहरुलाई पनि पक्राउ गरेको छ । 





  • प्रकाशित मिति : असोज १०, २०७६ शुक्रबार २०:४६:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया