सुषमा स्वराजको अन्तिम इच्छा उनकी छोरीले पूरा गरिन्

एजेन्सी– भारतकी पूर्वविदेशमन्त्री सुषमा स्वराजको मृत्युपछि उनकी छोरी बाँसुरी स्वराजले उनको अन्तिम एक इच्छा पूरा गरेकी छिन् ।

अगस्टमा आफ्नो निधनभन्दा केही घन्टाअघि मात्र सुषमाले आइसिजेमा कुलभूषण जाधवको मुद्दामा पैरवी गरिरहेका वकिल हरिश साल्वेलाई फोन गरेकी थिइन् । सुषमाको निधनपछि एक कार्यक्रममा साल्वेले भनेका थिए, ‘सुषमाले मलाई घर बोलाएकी थिइन्, आफ्नो एक रुपैयाँ फि लिएर जानु भनेकी थिइन् ।’

तर, यो काम पूरा गर्न सकिनन् सुषमाले । उनको निधन भयो । यही अधुरो कामलाई उनकी छोरीले पूरा गरेकी हुन् । सुषमा स्वराजका पति स्वराज कौशलले एउटा ट्विट गर्दै यसको जानकारी दिएका छन् ।

उनले लेखेका छन्, ‘सुषमा स्वराज, बाँसुरीले आज तिम्रो अन्तिम इच्छा पूरा गरिदिएकी छिन् । कुलभूषण जाधवको मुद्दाको फीको एक रुपैयाँ, जो तिमीले छोडेर गएकी छौ, बाँसुरीले आज साल्वेलाई भेटेर दिएकी छिन् ।’





  • प्रकाशित मिति : असोज ११, २०७६ शनिबार ९:५९:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया