सपिङ नगर्नेलाई पनि सिटी सेन्टरको दसैँ बोनान्जा अफर

काठमाडौं— काठमाडौंको कमलपोखरीमा रहेको सिटी सेन्टरले दशैंका लागि नयाँ योजना ल्याएको छ । यो योजनाअनुसार उसले सिटी सेन्टर पुग्ने ग्राहकहरुलाई विभिन्न उपहार दिने भएको हो । कसले उपहार पाउने भन्ने कुरा लक्की ड्रबाट निर्धारण हुनेछ । 

एक विज्ञप्ति निकाल्दै १६ कात्तिकसम्म रहने यो योजनामा सहभागी हुन सिटी सेन्टर पुगेमात्र हुन्छ, त्यहाँ कुनै सामान किन्नै पर्ने बाध्यता छैन ।

दसैं तिहारलाई लक्षित गर्दै सिटी सेन्टरका विभिन्न पसलले भारी छुट दिएको पनि विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिका अनुसार यो लक्की ड्रमा पहिलो हुनेलाई टिभिएस बाइक, दोस्रोलाई टिभिएस जुपिटर, तेस्रोलाई ४३ इन्चको एलइडी टिभी, चौथौं हुनेलाई फ्रिज, पाँचौलाई वासिङ मेसिन र छैटौँलाई भ्याकुम क्लिनर, ह्यालोजिन हिटर र आइरन दिने बताइएको छ । 





  • प्रकाशित मिति : असोज ११, २०७६ शनिबार १२:२८:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया