एजेन्सी— विश्वमा लगानीकर्ताहरु निकै होसियार हुन्छन् । र, यस्ता होसियार तर अत्यन्त सफल एक लगानीकर्ता हुन्, वारेन बफेट । बफेटलाई त शेयर बजारमा बादशाह भनेर समेत चिनिने गरिएको छ । तिनै बफेटले लगानीकर्तालाई निकै महत्वपूर्ण हुनसक्ने पाँच टिप्स दिएका छन् ।
ती हुन्—
हातमा सधैं नगद राख्नुस्
लगानीकर्ताका लागि नगद पैसा एकदमै महत्वपूर्ण कुरा हो । बजारमा जुनसुकै बेला लगानीका उचित मौका आउन पनि सक्छ । कोहीकोहीले त त्यो मौकाका लागि सधैं हातमा नगद लिएर बसिरहेका हुनसक्छन् । यसलाई नै मान्छन् बफेट पनि । उनलाई आफ्ना हजुरबाले यो आइडिया सिकाएका हुन् । उनले भनेका छन्, ‘एउटा सचेत लगानीकर्ताले सबै पैसा लगानीमा गर्नु हुँदैन । केही पैसा आफूसँग पनि राख्नुपर्छ जसले मौकाको फाइदा उठाउन सकियोस् ।’
सबै लोभी भएको बेला डर मान्नु पर्छ
लगानीसम्बन्धी बफेटको एउटा भनाइ एकदमै चर्चित छ । उनले भनेका छन्, ‘जब शेयर कारोबारमा अरु लोभी हुन्छन त्यतिबेला हामी डराउनु पर्छ र अरु डराएको बेला आफू लोभी हुनुपर्छ ।’ यो भनाइको मुल आशय, बजारको हल्लाको पछी नलाग्नु भन्ने हो ।
वफेटका अनुसार हामीले बजारमा धेरै चर्चामा रहेका शेयरमा कम ध्यान दिनु पर्छ । हामीले बजारमा कम चर्चा पाएका तर राम्रो सम्भावना भएका कम्पनीमा लगानी गर्नु पर्छ ।
लाभांस लगानीकर्ताको साथी हो
लगानी गर्ने भनेकै मुनाफाको लागि हो । लगानीकर्ताले कुनै पनि शेयर किन्नु अघि कम्पनीको लाभांस बितरणको इतिहास खोतल्नु पर्छ । जुन कम्पनीले लामो समय सम्म राम्रो लाभांस दिइरहेका छन ती कम्पनीमा लगानी गर्नु उचीत हुन्छ ।
कुनै कम्पनीले तत्काल लाभांश नबाँडे पनि भविष्यको लागि रकम जम्मा गरीरहेको हुन सक्छ । लगानीकर्ताले आफुले लगानी गर्न चाहेको कम्पनीको बारेमा भित्री तहसम्म जानकारी लिनु पर्छ ।
कम मुल्यांकन गरीएका स्टक किन्नुस
स्टकमा लगानीबाट राम्रो मुनाफा गर्न चाहनेले बजारमा आन्तरीक रुपमा कम मुल्यांकन भएका स्टक किन्नु पर्छ ।
वारेनले कम्पनीको शेयरको आन्तरीक मुल्य आँपैm निकाल्ने गरेका छन । उनी कम्पनीको पछिल्लो पाँच बर्षको डाटा निकाल्छन । त्यहाँबाट लगानीको लागि चाहिने जानकारी निकाल्छन ।
यसरी निकालेको डाटाको आधारमा वारेन आफुले हेरेको कम्पनीको बाँकी कम्पनीसंग तुलना गर्छन । उनी आफुले नबुझेको कम्पनीमा कहील्यै लगानी गर्दैनन ।
किन्ने र होल्ड गर्ने
वारेनले स्टक किन्ने र लामो सम्म होल्ड गर्ने गरेका छन । उनले आफ्ना फलोवरहरुलाई पनि यही सिकाउँदै आएका छन ।
उनले त किन्ने र जीन्दगीभर होल्ड गरेर राख्नु पर्छ भन्ने गरेका छन । यसको मतलब दुरदर्शी र धैर्यवान हुनु पर्छ भन्ने हो ।
राम्रो लगानीकर्ता हुनलाई किनबेच भन्दा पनि लगानी गर्नु पर्छ । वारेनका अनुसार उनी आफुलाई मन पर्ने कम्पनी छान्छन । उचीत समय पर्खन्छन र आफुले हाल्न खोजेको दाममा पाए पछी लगानी गरी हाल्छन ।
नेपाली लगानीकर्ताहरुको लागी पनि, शेयर बजारका यी पुराना खेलाडीका यी टिप्सहरु एकदमै काम लाग्ने देखिन्छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।