रणबीर कपुरको बर्थडेमा पुगिन् पूर्वप्रेमिका, भयो हंगामा

एजेन्सी— बलिउडमा चकलेट व्वाय भनेर पनि चिनिने रणबीर कपुरले शनिबार परेको आफ्नो ३७ औं जन्मदिनको अवसरमा शुक्रबार साँझ नै पार्टी दिए । पार्टीमा उनका साथीहरु र परिवारका सदस्यहरु सहभागी भएका थिए ।

यो पार्टीमा बलिउडका दर्जनौँ सेलेब्रिटी पुगेका थिए । तीमध्ये एक थिइन्, उनकी पूर्वप्रेमिका दीपिका पादुकोण । दीपिका पादुकोण आफ्ना श्रीमान् रणबीर सिंहसँग पार्टीमा पुगेकी थिइन् । 

रणबीर कपुरका बाबु ऋषि कपुर र आमा नीतू कपुरले पनि पार्टीको भरपूर आनन्द उठाए । निर्देशक करण जोहर, अर्जुन कपुर र मलाइका अरोडा पनि पार्टीमा पुगेका थिए ।

त्यही पार्टीमा साहरुख खान र उनकी पत्नी गौरी खानपनि सहभागी भएकी थिइन् । आमिर खान पनि पुगेको पार्टीमा मुकेश अम्बानीका छोरा आकाश अम्बानी पनि पुगेका थिए । यो पार्टीमा यी सेलेब्रिटीहरुले निकै रमाइलो गरेको र त्यसलाई नै हंगामा भएको भारतका सन्चारमाध्यमले लेखेका छन् ।





  • प्रकाशित मिति : असोज ११, २०७६ शनिबार १४:२८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया