एजेन्सी— बलिउड अभिनेता सुशान्त सिंह राजपुतको फिल्म छिछोरेले दर्शकको मन जित्यो । कसैको पनि कलेज जीवनसँग जोडिएका घटनाहरुले यसलाई निकै आकर्षित गरेको छ । साथसाथै यो फिल्मले एउटा सन्देश पनि दिएको छ— यदि कसैले पनि हार्छ भने ऊ पराजित होएन, कोशिस गर्न छोड्नु हुँदैन पराजित मानिसलाई पनि समाजले साथ दिन्छ ।
‘मेरो लागि त इन्जिनियरिङ कलेजमा भर्ना हुनु नै ठूलो कुरा थियो,’ सुशान्तले भनेका छन्, ‘तर, मैले कलेज छोडेँ र टिभी सोमा काम गर्न आफूलाई तयार बनाएँ ।’ आफ्नो सपना र चाहनाको पछाडि भागेर नै आफू त्यो ठाउँसम्म पुगेको उनले बताएका छन् । यसबीचमा उनले निकै धेरै फिल्महरु गरेका छन् जसले उनको चर्चा झनै बढाएको छ ।
‘म पछिल्लो १३ वर्षदेखि अभिनय गरिरहेको छु,’ उनले भनेका छन्, ‘५० विभिन्न भूमिकामा काम गरेको छु । अब मलाई शक्तिशाली र जटिल भूमिकामा काम गर्नुछ ।’ योसँगै उनलाई अब आफूलाई हिरो बन्ने रहर बाँकी नरहेर केही नयाँ गर्ने मन चाहिँ विकास भएको बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।