अरुभन्दा प्रदेश ५ ले उत्कृष्ट काम गरेकाे छ: शंकर पाेख्रेल

बुटवल— प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले विरोधको राजनीतिले समाज परिवर्तन हुन नसक्ने बताएका छन् । 

शनिबार शहिद उमेश स्मृति भवनको उद्घाटन कार्यक्रममा बोल्दै उनले समाज अघि बढ्ने दिशामा हुँदाहुदैँ विपक्षीले पछाडि फर्काउन खोज्नु पानीको फोका जस्तो हुने बताए । देश समृद्धको यात्रामा अगाडि बढिरहेका बेला संघीयता काम लाग्दैन भनि सरकारको विरोध गर्नु भनेको समाज परिवर्तन हुनबाट रोक्नु भएको उनले बताए । 

दुई सय ५० वर्ष पहिलेदेखी मान्दै आएको संघीयतालाई नयाँ संविधान बनेपछि यसको काम लाग्दैन भन्नु गलत रहेको उनले बताए । उनले संघीयताले अर्थतन्त्रको प्रशासनिक खर्च बढाए पनि जनताको खर्च घटाएको उनले बताए । 

कार्यक्रमका प्रमुख अतिथी मुख्यमन्त्री पोख्रेलले संविधान निर्माण पछि राजनीतिक रुपमा जनताले सबै प्रकारका अधिकारहरु प्राप्त गर्ने चरण अघि बढेको बताए । ‘संविधानमा उल्लेखित कुराहरुलाई पुरा गर्न राज्य बलियो हुनुपर्छ,’ उनले भने, ‘राज्य बलियो भए जनताका इच्छा आंकक्षा पुरा गर्न सकिन्छ ।’

देशलाई आर्थिक विकासको दिशामा अघि बढाउन साना भन्दा ठूला योजनाका काम राज्यले गर्नुपर्ने मुख्यमन्त्री पोख्रलले बताए । सोही अनुरुप सरकारले पूर्व–पश्चिम रेल मार्ग अगाडि बढाएको उनले बताए । त्यस्तै राष्ट्र बैंकको सहकार्यमा नारायणी–त्रिवेणी जोड्ने पानीजहाज काम समेत अगाडि बढेको उनले बताए । विभिन्न ठाउँमा विमानस्थलहरु निर्माण, चार वटा राजमार्ग निर्माण गरेको उनले बताए । 

प्रदेश सरकार स्थापना भएको डेढ वर्ष वित्दा अरु प्रदेश भन्दा ५ नंमबर प्रदेशले उत्कृष्ट काम गरेको उनले बताए । सरकारले आधारभूत फाउण्डेस तयार, विभिन्न कानुनहरु निर्माण, बजेट परिचालन र विकासको काममा अरु प्रदेश भन्दा हाम्रो प्रदेश अगाडि रहेको दाबी गरे ।





  • प्रकाशित मिति : असोज ११, २०७६ शनिबार १९:३४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया