काठमाडाैं— तस्करी गरेर ल्याइएको करिब ५० लाख रुपैयाँ बराबरको सामान प्रहरीले काठमाडौंमा बरामद गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले बा ५ ख ६९३९ नम्बरको बसमा ४१ पोका कपडा बरामद गरेको हो ।
गाडीको हुटमा प्लाष्टिक बोरामा राखेको ल्याउँदै गरेकाे अवस्थामा बुढानीलकण्डबाट ठूलो परिणामा रेडिमेट सर्ट बरामद गरिएको महाराजगञ्ज वृत्तका डिएसपी उमेश लम्सालले बताए । प्रहरीले बस बेवारिसे अवस्थामा भेटिएको थियो । बससहित बरामद सामान राजश्व अनुसन्धान विभागमा पठाइने डिएसपी लम्सालले बताए । ती सामान भारतबाट तस्करी गरेर ल्याइएको प्रहरी आशंका छ ।
१० जुवाडे पक्राउ
टोखाबाट प्रहरीले १० जुवाडे पक्राउ गरेको छ । विशाल मल्टी स्पोर्टस सेन्टरबाट एक लाख २३ हजार रुपैयाँसहित प्रहरीले उनीहरुलाई शनिबार पक्राउ गरेको हो । जुवा ऐनअनुसार उनीहरुविरुद्ध कारबाही गरिने प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।