आफ्नो प्रेम जीवनबारे बोलिन् जोया अख्तर

एजेन्सी— जोया अख्तर बलिउडमा ट्यालेन्टेड निर्देशकमध्येकी एक हुन् । पछिल्लो समय उनले निर्देशन गरेको फिल्म गली व्वायले पनि अत्यन्त राम्रो गरिरहेको छ । यो फिल्म भारतबाट एकेडेमी अवार्ड्सका लागि छानिएको पनि छ । 

यसैबीच एउटा अन्तर्वार्तामा जोयाले आफ्नो प्रेम जीवनबारे पनि बताएकी छिन् । उनले परिवारबारे र अहिले आफू ‘सिंगल’ हुनु परेकोबारे पनि बताएकी छिन् । उनले भनेकी छिन् कि एक मानिस जहिले पनि होसियार, स्मार्ट, फनी र सुरक्षित हुनु पर्ने हुन्छ । उनी आफू चाहिँ आफ्नो जीवनलाई लिएर अत्यन्त सहज भएको पनि बताएकी छिन् ।

‘मलाई त यस्तो मानिसको खोजी छ जसले आफ्नो पार्टनरलाई सधैं सहयोग गरिरहोस्,’ उनले भनेकी छिन्, ‘म त्यस्तो मानिस होइन जो कोहीसँग एक समय बसोस् र आफूले नचाहँदा त्यो व्यक्तिसँग बस्न छोडोस् ।’





  • प्रकाशित मिति : असोज १२, २०७६ आइतबार ९:३०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया