६ फुटबलरका ६ स्क्यान्डल

विश्वमा सबैभन्दा लोकप्रिय खेल मानिन्छ, फुटबल । त्यसैले पनि फुटबलरका फ्यानहरु विश्वभर छरिएका छन् । फुटबल कौशलका कारण आफ्ना फ्यान बनाएका कतिपय फुटबलरहरु चाहिँ अन्य विभिन्न व्यक्तिगत विषयमा चाहिँ आलोचनाको शिकार बनिरहेका छन् । 

सानो होस् या ठूलो, कान्डहरुले हामीले चिनेका फुटबलरलाई छोडेका छैनन् । एजेन्सीहरुको सहयोगमा फरक धारका योगेश भट्टराईले ६ फुटबलरका स्क्यान्डल तयार पारेका छन् । 

 

लुइस स्वारेज 
 

सन् २०१४ को विश्वकपको इटाली तथा उरुग्वेको खेल त सबैलाई थाहै छ । उक्त खेलमा उरुग्वेका लुइस स्वारेजले इटालीको जर्जियो चिलिनीलाई टोकेको घटनाले ठूलै चर्चा पाएको थियो । त्यतिबेला उनलाई ४ महिना  प्रतिबन्ध पनि लाग्यो । स्वारेजले खेलाडीलाई टोक्ने गरेको यो पहिलो घटना भने थिएन । त्यसअघि उनले ओटम वाक्ला तथा ब्रेनसाभा इभानेभिचलाई टोकिसकेका थिए । त्यस्तै, सन् २०१०को विश्वकपमा पनि घानाविरुद्धको खेलमा स्वारेजले गोल भइसकेको बललाई हातले रोके । त्यो खेलमा उरुग्वेले घानालाई पेनाल्टी सुट आउटमा पराजित गरेको थियो । त्यस्तै, सन् २०११ मा पैट्रिक इभ्रासँग जातिय विभेद गरेको भन्दै स्वारेजको आलोचना भयो । तर, उनले जानीजानी त्यस्तो नगरेको भन्दै माफी मागेपछि यो घटना सेलायो । 

 



डिएगो म्यारोडोना 

अर्जेन्टिनाका डिएगो म्यारोडोना फुटबलका महान खेलाडी हुन् । उनको खेलको चर्चा नभएको त कहिले होला र ? तर, उनले समयसमयमा गरेका हर्कतहरुले पनि राम्रै चर्चा कमाउँछन् । सन् १९८६ को विश्वकपमा इङ्गल्याण्डविरुद्ध उनले हातले गरेको गोलले निकै चर्चा पनि पायो । त्यो खेल अर्जेन्टिनाले २–१ ले जितेको थियो । सो खेल सकिएपछि म्यारोडोन स्वयमले आफुले हातले गोल गरेको तर रेफ्रीले नदेखेको पनि बताए । सन् १९९४ मा म्यारोडोनालाई डोपिङ आरोपमा दोषी पनि पाइयो । त्यति बेला उनीमाथि १५ महिनाको प्रतिबन्ध पनि लगाइएको थियो । त्यति बेला उनले कोकिन सेवन गरेकोे खुलेको थियो । उनी लागुऔषध सेवनमा अगाडि छन् । तर, अहिले उनले लागु औषध सेवन छोडिसकेको बताउँदै आएका छन् ।



 

मारियो बालाटेली 
 

इटालीका मारियो बालाटेलीलाई सबैभन्दा रिसाहा खेलाडीका रुपमा लिइन्छ । उनी पनि बेलाबेलामा चर्चामा आइरहन्छन् । सन् २०१० मा इन्टर मिलानमा रहदाँ एक टेलिभिजन सोमा प्रतिद्वन्द्वी एसी मिलानको जर्सी लगाएको भन्दै उनको धेरै आलोचना भएको थियो । उनी इन्टर मिलानबाट म्यान्टेस्टर सिटीमा पुगे पछि पनि विवादित बनिरहे । बालाटोली सिटीमा रहँदा प्रशिक्षणको समयमा प्रशिक्षक तथा सहकर्मीहरुसँग झगडा पनि गरेका थिए । सन् २०१० बालाटोलीको दाजुभाइलाई महिला जेलमा बिना अनुमती प्रबेश गरेको भन्दै प्रकाउ पनि गरियो । उनले यसमा माफी माग्दै आफूहरु कैदीहरुको जीवन बुझ्न त्यहाँ गएको बताएका थिए । 

 

इरिक क्यानटोना

फ्रान्सका खेलाडी इरिक क्यानटोना पनि आफ्नो हर्कतका कारण चर्चामा आए । उनले रेफ्रीमाथि बल फालेका कारण ३ महिनाको प्रतिबन्ध बेहोर्नु पर्यो । सन् १९९५ मा क्रिस्टल प्यालेसका समर्थकलाई खुट्टाले हानेका कारण पनि उनलाई २ महिनाको जेल सजाय तोकियो । त्यति बेला उनीमाथि ८ महिनाको प्रतिबन्ध पनि लाग्यो । दुई साताको तलब पनि उनले जरीवानास्वरुप तिर्नु पर्यो । इरिक अहिले यी सबै कुराहरु भुलेर अभिनयमा सक्रिय छन् । ‘लुकिङ फर इरिक’ उनको जीवनीमा आधारित फिल्म पनि आयो । यो सन् २००९ मा प्रदर्शन भएको थियो । 

 

पावल ग्यासक्इजन 

इङ्गल्याण्डका यी खेलाडी आफ्नो समयको एक उत्कृष्ट खेलाडी मानिन्छन् । उनी खेल जिवन भर त्यती बिबादित भएनन् तर सन्यास पछि भने उनी बिबादमा परे । उनलाई प्रहरीले पटक–पटक  मध्यपान तथा लागुऔषध सेवन गरेर गाडी चलाएको भन्दै प्रकाउ गर्यो । उनलाई सुधारकेन्द्रमा राखियता पनि उनी सुध्रिन सकेनन् । यही कारणले उनी दुर्घटनामा पनि परे । सन २००५ मा उनलाई प्रशिक्षक पदबाट पनि हटाइयो । 

 

क्रिस्टियानो रोनाल्डो 

पोर्चुगलका क्रिश्टियानो रोनाल्डो जति चर्चित् छन्, त्यति नै विवादित पनि बन्न पुगेका छन् । कतिसम्म भने उनीमाथि यौन दुव्र्यवहारको आरोपसमेत लाग्यो । सन् २००९ मा  क्याथरिन  मायोर्गाले उनलाई यो आरोप लगाएकी थिइन् । तर, पछि रोनाल्डोले सफाइ पाए । केही बर्षअघि कर नतिरेको भन्दै स्पेनिस अदालतले पनि उनीमाथि अनुसन्धान सुरु गरेको थियो । पछि उनलाई १४.८ मिलियन युरो कर छली गरेको आरोप लाग्यो । उनले २१ मिलियन डलर तिरेपछि मात्र उनलाई यस विषयबाट पन्छाइएको थियो ।
 

  • प्रकाशित मिति : असोज १२, २०७६ आइतबार १०:३५:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया