अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण सर्वथा गलत : प्रदीप पौडेल

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले ज्ञानेन्द्र शाहीमाथिको आक्रमण निन्दनीय भएको धारणा राखेका छन् । कांग्रेस केन्द्रीय सदस्य पौडेलले शाहीमाथिको आक्रमणलाई लिएर फेसबुक तथा ट्विटरमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् । 

कुनै पनि बहानामा कसैले पनि स्वतन्त्र रुपमा आफ्नो विचार राख्न पाउने अधिकारलाई हनन गर्न नहुने उल्लेख गर्दै उनले लेखेका छन्– ‘अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण सर्वथा गलत छ । चाहे जनुसुकै बहानामा होस्, कसैले कसैको पनि स्वतन्त्र रुपमा विचार राख्न पाउने अधिकारलाई हनन गर्न सक्दैन । ज्ञानेन्द्र शाहीको विचारसँग असहमत हुन पाइन्छ, तर उनलाई विचार राख्ने स्वतन्त्रताबाट वञ्चित गर्न पाइँदैन । कुटेर आवाज बन्द गर्न सकिँदैन अरिंगालहरुलाई ख्याल होस् ।’





  • प्रकाशित मिति : असोज १२, २०७६ आइतबार १२:४:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया