भन्सार छलेर ल्याएको कपडा बरामद

काठमाडाैं– महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठले ५५ लाख मूल्य पर्ने भन्सार छलेर ल्याएको कपडा बरामद गरेको छ । 

सोमबार साँझ बुठानीलकण्ठ नगरपालिका–५ स्थित विष्णुमतीमा पार्किङ गरिराखेको बा५ख ६९३९ नंको पर्यटकीय बसमा शंकाका आधारमा खोजतलास गर्दा उक्त कपडा भेटिएको हो । 

बसको छतमुनि फल्स बटम बनाएर ४१ वटा सेतो बोरामा भन्सार छली गरी ल्याइएका तीन हजार ७ सय ४ थान सर्ट तथा विभिन्न कपडा बरामद गरेको महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिए  । 

दिल्ली चल्ने उक्त पर्यटकीय बसबाट विभिन्न समयमा पनि भन्सार छली सामग्री ओसारपसार गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । बसका चालक तथा बस मालिकको भने अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

उक्त पर्यटकीय बससहित बरामद गरेका सामग्रीको मुचुल्का उठाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पठाइएको प्रहरी निरीक्षक गिरीले जानकारी दिए । 





  • प्रकाशित मिति : असोज १२, २०७६ आइतबार १४:३:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया