ह्याक भयो नागरिकको युट्युब च्यानल

काठमाडौं— नागरिक तथा द रिपब्लिका दैनिक सन्चालन गर्ने नेपाल रिपब्लिक मिडियाको युट्युब च्यानल ह्याक भएको छ । यो प्रकाशन गृहको रेडियो नागरिक र नागरिक नेटवर्कको युट्युब च्यानल ह्याक भएको हो । 

च्यानल शुक्रबार रातिदेखि ह्याक भएको सूचना नागरिकनेटवर्कको बेवसाइटमा प्रकाशित गरिएको छ । रेडियो नागरिकको च्यानल ह्याक गरेर ह्याकरले डेरेभो नाम राखेका छन् ।

नेपाल रिपब्लिक मिडियाले सूचना निकाल्दै यसको समाधानमा काम गरिरहेको जनाएको छ । सूचनामा भनिएको छ, ‘प्रिय पाठक तथा दर्शकवृन्द, रेडियो नागरिक र नागरिक नेटवर्कको यूट्युव च्यानल शुक्रबार रातीदेखि ह्याक भएको छ। हामी नेपाल प्रहरी र यूट्युवसँग समन्वय गर्दै यो समस्या समाधानको लागि निरन्तर प्रयासरत छौं। अहिले ति दुई च्यानलमा आउने भिडियो सामाग्री हाम्रा आधिकारिक नभएको जानकरी गराउँछौं। यसबाट तपाईहरुमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं।’





  • प्रकाशित मिति : असोज १२, २०७६ आइतबार २३:५०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया