प्रोस्टेट क्यान्सर पुरुषमा मात्र हुन्छ । किनकि, यो रोग लाग्ने अंग ‘प्रोस्टेट ग्रन्थि’ पुरुष प्रजनन प्रणालीको एक हिस्सा हो, जुन महिलामा हुँदैन ।
पछिल्ला वर्ष विश्वभर प्रोस्टेट क्यान्सरका बिरामीको संख्या उल्लेख्य बढेको छ । विशेषगरी एसियाली मूलका पुरुषमा प्रोस्टेट क्यान्सर तीव्र रुपमा बढेको पछिल्ला अध्ययनले देखाएका छन् ।
प्रोस्टेट के हो ?
प्रोस्टेट एक ग्रन्थि हो । यो पिसाब नलिको चारैतिर फैलिएको हुन्छ । यसको मुख्य काम शुक्राणुहरुलाई पोषण दिनु हो । सामान्यतया यो ग्रन्थिको वजन १८ ग्राम हुन्छ । जब कोषहरुको अनावश्यक विभाजन भई यसको आकार÷वजन बढ्छ, तब क्यान्सरको खतरा हुन्छ । प्रोस्टेट ग्रन्थिको वजन ३० देखि ५० ग्राम पुग्दा प्रोस्टेट क्यान्सर हुन्छ ।
अहिलेसम्म प्रोस्टेट बढ्नुको कुनै ठोस कारण पत्ता लागेको छैन । तर, यसको खतरा उमेरसँगै बढ्दै जान्छ । अक्सर पुरुषमा ४० वर्षको उमेरपछि प्रोस्टेटको आकार बढ्ने पाइएको छ । यदि सुरुवाती समयमै यसका लक्षणहरु थाहा पायौँ भने हामी क्यान्सर हुनबाट बच्न सक्छौँ ।
प्रोस्टेट बढ्दाका लक्षण
उपचार
प्रोस्टेट क्यान्सरको उपचार सम्भव छ । सुरुवाती अवस्थामै थाहा भयो भने औषधिबाटै यसको निदान गर्न सकिन्छ । तर, रोग छिप्पिसकेको अवस्थामा भने औषधिले काम गर्दैन, सर्जरी नै गर्नुपर्ने हुन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।