प्रहरीका दुई सय कार्यालय थपिँदै

काठमाडाैं– नेपाल प्रहरीमा दुई सय नयाँ कार्यालय स्थापना हुने भएको छ । सरकारले प्रहरीमा तीन हजार पाँच सय ९६ दरबन्दी थप गरेसँगै नयाँ कार्यालय स्थापना हुने भएको हो । गत ७ असोजको मन्त्रिपरिषद् बैठकले प्रहरीको नयाँ दरबन्दी स्वीकृत गरेको हो । जसअनुसार अब सबै स्थानीय तहका केन्द्रमा प्रहरी कार्यालय स्थापना हुने गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्माले बताए ।

नयाँ दरबन्दीबाट एक सय ८७ वटा चौकी तथा १४ वटा ट्राफिक बिट स्थापना हुनेछ । त्यस्तै, आठवटा प्रहरीचौकीको स्तरोन्नति गर्न लागिएको छ । सबै स्थानीय तहमा यसअघि नै प्रहरी कार्यालय पुगिसकेका छन् । तर, स्थानीय तहको केन्द्रमा प्रहरी कार्यालय नहुँदा बैंकको शाखा स्थापनालगायतका कामका लागि समस्या हुँदै आएको थियो । स्थानीय तहबाट भएको मागकै आधारमा दरबन्दी थप गरिएको हो । 





  • प्रकाशित मिति : असोज १३, २०७६ साेमबार ९:५४:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया