गण्डकी पर्यटन प्रवर्द्धन टाेली वीरगन्जमा

वीरगन्ज– गण्डकी प्रदेशको आन्तरिक पर्यटन वर्ष २०१९–२२ लाई सफल बनाउन ‘गण्डकी प्रदेश पर्यटन प्रवद्र्धन अभियान’ले वीरगन्जमा एक कार्यक्रमबीच वीरगन्ज महानगरपालिकाका जनतालाई निम्तो दिएको छ ।

आन्तरिक पर्यटन वर्ष २०१९–२२ को प्रचारका लागि पोखराबाट टोलीका नेता गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकाश लम्सालले वीरगन्ज महानगरपालिका नगरप्रमुखलाई पर्यटन वर्ष सफल बनाउन निम्तो दिएका हुन् । कार्यक्रममा मन्त्री लम्सालले गण्डकी प्रदेश प्राकृतिक र सांस्कृतिक हिसाबले मलुककै नमुना प्रदेश भएको भन्दै गण्डकी प्रदेशमा रहेका मनोरम दृष्य र सांस्कृतिक कार्यक्रम अवलोकन गरेर मनोरञ्जन लिन आग्रह गरे ।

गण्डकी प्रदेश सरकारले सन् २०१९ भित्रमा २० लाख आन्तरिक पर्यटकलाई प्रदेशमा भित्र्याउने योजनासहित अगाडि बढेको गण्डकी प्रदेश पर्यटन प्रवद्र्धन अभियानले जनाएको छ । मन्त्री लम्सालले आन्तरिक पर्यटकलाई लोभ्याउने र आकर्षित पार्ने रणनीति बनाएर अगाडि बढेकाले सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताए ।

सुनको थाल आफूसँगै भए पनि अन्य देशको भर पर्नु नेपालीको बानी परेको व्यांग्य गर्दै मन्त्री लम्सालले आफ्नै गाउँँमा रहेका विभिन्न स्थानीय स्रोतसाधनलाई पहिचान गर्न नसकेकाले नेपालीले दुःख पाउनुपरेको बताए ।

कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले गण्डकीमा नेपाली वा भारतीय पर्यटक भनेर ठग्ने प्रवृत्ति बन्द गर्न आग्रह गरे । केडियाले नेपालीलाई सस्तो र विदेशी पर्यटकलाई नेपालीभन्दा बढी शुल्क लिन नहुने बताए । वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीले गण्डकी प्रदेशले थालेको पर्यटन वर्षको अभियान सराहनीय रहेको भन्दै गण्डकी प्रदेशअन्तर्गत पर्ने पोखराले पर्यटक प्रवद्र्धनमा ठूलो टेवा पु-याउँदै आएको बताए ।





  • प्रकाशित मिति : असोज १३, २०७६ साेमबार ११:३९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया