काठमाडौं– साझा पार्टी पार्टीसम्बद्ध युवा संगठनले भ्रष्टाचारविरोधी अभियन्ता ज्ञानेन्द्र शाही र कांग्रेस नेता मीनेन्द्र रिजालमाथि भएको आक्रमणको निन्दा गरेको छ । युवा संगठनले एक विज्ञप्ति जारी गर्दै देशका विभिन्न ठाउँमा फरक आस्था र विचार राख्नेहरुमाथि सांघातिक आक्रमण भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
‘साझा युवा संगठन यस्ता बर्बरतापूर्वक गरिएको भौतिक आक्रमणको निन्दा तथा भत्स्रना गर्दछ,’ संगठनका महासचिव सरोज गौतमले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’ ‘लोकतन्त्रकै धज्जी उडाउने गरी चितवन र तनहुँमा भएका आक्रमणको निष्पक्ष छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाही माग गर्दछ ।’
शनिबार नेपालका लागि नेपाली अभियानका ज्ञानेन्द्र शाहीमाथि चितवनमा निर्घात कुटपिट भएको थियो भने आइतबार नेकपाका कार्यकर्ताले तनहुँमा नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजाललाई गाउँपालिकाको भवन शिलान्यास गर्न जाँदा अवरोध गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।