नेप्सेमा दोहोरो अ‌ंककाे वृद्धि

काठमाडौं– लगातार ओरालो लागेको सेयर बजार कारोबार मापक नेप्से परिसूचक साेमबार भने दोहोरो अ‌कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १०.४२ विन्दुले बढेर एक हजार १३५.५६ विन्दुमा पुगेको छ । 

यस्तै सेन्सेटिभ परिसूचक समेत ०.६८ विन्दुले बढेर २४७.०२ विन्दुमा पुगेको छ । नेप्से बढे पनि कारोवार रकममा भने खासै वृद्धि हुन सकेन । स्टकका अनुसार कुल १५७ कम्पनीको ६ लाख ३३ हजार ९५१ कित्ता सेयर १६ करोड ८८ लाख २८ हजारमा खरिद–बिक्री भए । 

कारोवार भएका कुल ११ उपसमूहमध्ये एक उपसमूहको मात्रै सेयर ओरालो लागेको छ भने १० उपसमूहको सेयर वृद्धि भएको छ । अन्य उपसमूह ६.८२ विन्दुले घट्दा बैंकिङ ९.८१, होटल ४९.०२, विकास बैंक ९.८९, जलविद्युत् २०.१८, वित्त ३.१७, निर्जीवन बिमा ६६.४९, उत्पादन ३८.८९, लघुवित्त १०, जीवन बिमा ७१.८६ र सामूहिक लगानी कोष ०.०१ विन्दुले बढेका छन् ।

कारोबारका आधारमा सनराइज बैंक शीर्ष स्थानमा छ । सो बैंकको दुई करोड १३ लाख ६० हजार २ सय ६५ बराबरको कारोवार भयो । यस्तै प्रभु बैंक एक करोड ३१ लाख ११ हजार ४ सय ७०, नेपाल बैंक एक करोड १८ लाख ९८ हजार ९ सय ५८, सानिमा बैंक रु ८२ लाख ३७ हजार २ सय ३६, सिटिजन बैंकको संस्थापक सेयर ७५ लाख  र शिवम् सिमेन्टको ७० लाख ३४ हजार ७ सय ४० मा कारोबार भई शीर्ष स्थानमा छन् । 

स्टकका अनुसार बढेको बजारमा युनियन हाइड्रो पावर ५.८८, साञ्जेन जलविद्युत् कम्पनी ५.५२, तिनाउ मिसन डेभलपमेन्ट बैंक ५.४४, युनाइटेड फाइनान्स ५.२०, सानिमा माई हाइड्रोपावर ४.८६ र सिन्धु विकास बैंकका लगानीकर्ताले ४.२० प्रतिशतले कमाए । माउन्टेन हाइड्रो ३.७०, आँखुखोला जलविद्युत् कम्पनी ३.६३, सानिमा बैंक ३.६२, मल्टिप्रपोज फाइनान्स कम्पनी २.९१, सेन्ट्रल फाइनान्स २.६७ र अरुण भ्याली हाइड्रोपावरका लगानीकर्ताले २.०८ प्रतिशतले गुमाए । 





  • प्रकाशित मिति : असोज १३, २०७६ साेमबार १७:३०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया