महिलाको हत्या गरेर गहना लुट्ने ५ जना पक्राउ

काठमाडौं– कपनमा एक महिलाको महिलाको हत्या गरेर गहना लुट्ने ५ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त बौद्धले उनीहरुलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरुले हत्या गरेकोको स्वीकार गरेका छन् ।

पक्राउ पर्नेमा मकवानपुरका सोमलाल थिङ, ओखलढुंगाका पासाङ तामाङ, पासाङ शेर्पा, रामकृष्ण कार्कीलगायत छन् । कपनको तेन्जिङ चोकनजिकै खाजा पसल सञ्चालन गर्ने ५५ वर्षकी कमला कार्कीको उनीहरुले हत्या गरेर उनको गहना लुटेका थिए ।

महिलासँग एउटा तिलहरी र चारवटा औंठी रहेको पक्राउ परेकाबाट औँठी पनि बरामद भएको प्रहरीले जनाएको छ । साथै उनीहरुको साथबाट ४५ हजार रुपैयाँ पनि बरामद भएको छ ।

लुट्ने नै उद्देश्यले महिलाको हत्या गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ । अभियुक्तहरुले महिलालाई बियरमा नसालु पदार्थ मिसाएर खुवाएको, तर त्यसले काम नगरेपछि मुख थुनेर हात बाँधेर र घाँटी च्यापेर हत्या गरेको प्रहरीको भनाइ छ । 





  • प्रकाशित मिति : असोज १३, २०७६ साेमबार १७:४९:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया