काठमाडाैं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय मङ्गलापुर रुपन्देहीमा कार्यरत प्रहरी नायब निरीक्षक खिमबहादुर जिसीलाई घुससहित पक्राउ गरेकाे छ । उनलाई सेवाग्राहीसँग लिएको १५ हजार घुससहित नियन्त्रणमा लिएको हाे ।
बिमा सिफारिश गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले निजलाई घुसबापतको रकम लिइसकेको अवस्थामा कार्यालय परिसरबाटै पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । रासस
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।