साझा पार्टीले माग्याे सभामुख महराको राजीनामा

काठमाडाैं– प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरामाथि लागेकाे बलात्कारको आरोपप्रति साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएको छ । पार्टीका प्रबक्ता सुर्यराज आचार्यले एक बक्तब्य जारि गर्दै सभामुख महरालाई तुरून्त राजीनामा दिन माग गरेका छन् ।

'उनको राजीनामाले उनीमाथि लागेको आरोपको निष्पक्ष छानविन गर्न र घटनाको सत्यतथ्य उजागर गर्न सहयोग पुर्याउने छ। साथै, यस्तो अवस्थामा दिइएको राजीनामाले प्रतिनिधि सभाको गरिमालाई समेत कायम राख्न मद्दत गर्नेछ। साझा पार्टी छानविन पश्चात दोषीलाई प्रचलित कानून बमोजिम सजाँयको माग गर्दछ।' बिज्ञप्तिमा भनिएको छ ' अहिले राज्यव्यवस्थाप्रति नागरिकको अविश्वास, आक्रोस र असंतुष्टि चरम सिमामा पुगेको छ । दुई तिहाइ बहुमतसहितको स्थिर सरकारले मुलुक र नागरिकका आधारभूत समस्याहरु समाधान गर्नेछ भन्ने नागरिकको अपेक्षा घोर निरासा र अविश्वासमा रुपान्तरण भएको छ। आम नागरिकले अपेक्षा गरेको मुलुकको विकास र संवृद्धिको चाहानामा तुषारापात भएको छ। सरकारले सुरक्षाको प्रत्याभूती दिनुभन्दा सरकार समर्थित कार्यकर्ताहरु कानून हातमा लिदैं थप सुरक्षा चूनौती थपिरहेका छन् ।'

विज्ञप्तिमा भनिएकाे छ, 'अत्यन्त मर्यादित पदमा आसिन व्यक्ति यसरी गंभिर आरोपमा मुछिएर विवादित हुनु भनेको लोकतान्त्रिक व्यवस्था, वर्तमान सरकार र राज्यव्यवस्थाका मर्यादित संस्थाहरु समेत विवादित हुनु हो। यसले संबन्धित व्यक्तिको निष्ठा, कर्तव्य र आचरणमा दिर्घकालीन प्रभाव त पार्छ नै। सँगसँगै व्यक्तिसँग जोडिएका संबन्धित लोकतान्त्रिक संस्थाहरुको विश्वसनीयता र मर्यादामाथि समेत गंभीर आशंका र अविश्वास जन्माउँछ । नागरिकको आक्रोसलाई बढाउँछ ।'





  • प्रकाशित मिति : असोज १४, २०७६ मंगलबार १२:११:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया