चार हजारभन्दा बढी कर्मचारीले सम्पत्ति विवरण बुझाएनन्

काठमाडौं- आर्थिक वर्ष २०७५/०७६ मा करिब चार हजारभन्दा बढी निजामती कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् ।

राष्ट्रिय किताबखाना (निजामती)का निर्देशक राजेन्द्र पराजुलीले चार हजार दुई सय ९८ जना कर्मचारीले सम्पत्ति विवरण नबुझाएको जानकारी दिए । 

आव सुरु भएको ६० दिनभित्र सबै भदौ २८ गतेसम्म सम्पत्ति विवरण बुझाउने समयसीमा तोकिए पनि सवै कर्मचारीले विवरण बुझाएनन् । 

भ्रष्टाचार निवारण ऐन–२०५९ को दफा ५० मा सार्वजनिक पद धारण गरेको व्यक्तिले आर्थिक वर्ष सुरु भएको ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारका नाममा रहेको सम्पत्तिको विवरण बुझाउनुपर्ने व्यवस्था छ । 

निर्देशक पराजुलीले अझ एक महिना विशेष परिस्थतिका लागि सम्पत्ति विवरण बुझाउन समय दिइएको बताए । गत वर्ष ८४ हजार ४ सय कर्मचारीले सम्पत्ति विवरण बुझाएका थिए । 

ऐनअनुसार सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई पाँच हजार जरिवाना गर्ने व्यवस्था रहेको छ । 





  • प्रकाशित मिति : असोज १४, २०७६ मंगलबार १५:४४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया